जुम्लामा आँखा शिविर

rss रासस
वैशाख २७, २०७६

खलङ्गा, २७ वैशाख । यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन ।

शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४ को मोतियाविन्दुको शल््यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिए । शिविरको पहिलो दिन आइतबार ४०० को आँखाको परीक्षण भएकामा ३७ को शल्यक्रिया गरिएको थियो । हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ जुम्ला शाखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

दोस्रो दिन ३५५ को आँखाको परीक्षण भएकामा ४० को शल्यक्रिया गरिएको प्रमुख कालीबहादुर रावतले जानकारी दिए । शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले प्रत्येक वर्ष आँखाका बिरामीले घरआँगनमै उपचार गर्न पाउनु अवसर भएको बताए । गाउँमै शिविर सञ्चालन हुँदा यतायात खर्च, खाना खर्च देखि सबैको झन्झटबाट मुक्त भएको उनले जानकारी दिए । आगामी दिनमा जिल््ला प्रशासनको तर्फबाट सहयोग गर्न तयार भएको जानकारी दिए ।

नेत्रज्योति सङ्घ जिल्ला कार्यसमिति जुम्लाका सभापति तथा केन्द्रीय सदस्य धनबहादुर बस्नेतले सबै पक्षबाट राम्रो सहयोग भएको बताए । शाखालाई विस्तार गर्दै आँखा अस्पतालसम्म लैजानका लागि सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बस्नेतको भनाइ छ । शिविरमा भएको सम्पूर्ण खर्चको विवरण एक हप्तापछि सार्वजनिक गरिने नेत्रज्योति सङ्घ जिल्ला कार्यसमिति जुम्लाका कोषाध्यक्ष कालीबहादुर महतले बताए ।

शिविर सञ्चालनका लागि चन्दननाथ नगरपालिकाबाट ५० हजार, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले रु तीन हजार, कान्जीरुवा होटलका नोर्वु लामाले रु पाँच हजार, प्रमुख जिल्ला अधिकारी बन्जाडेले रु एक हजार २७५ र जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सीताराम रिजालले

हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ जुम्ला शाखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

देउसी भैलोको रकमबाट सडक मर्मत

अन्नपूर्णमा जस्तापाता वितरण

‘हामीलाई पहिचान देऊ’

निजी विद्यालय बन्द गरे आन्दोलन : सापकोटा

प्रमुख समाचार

म्याग्दीका अधिकांश वडा कार्यालय सचिवविहीन

थप प्रमुख समाचार