राधाकृष्ण गुरुकुल सस्कृत विद्यालयलाई आथिर्क सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७६

लेखनाथ, २६, वैशाख । पोखरा– ३२, को राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलाई स्थापना दिवसको अवसरपारी आर्थिक सहयोग प्रदान गरीएको छ ।

धर्म र संस्कृति प्रति विशेष अभिरुचि राख्ने धार्मिक एवं सामाजिक व्यक्तित्व शुक्लागण्डकी नगरपालिका –३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले विद्यालयका वटुक छात्रलाई बीस हजार रुपैयाँ र सोही विद्यालयमा अध्ययनरत २५ जना वटुकलाई एक वर्षको लागि आवश्यक पर्ने खाद्यन्न सामग्री प्रदान गरेका छन ।

उनले धर्म संस्कृतिको रक्षार्थ खर्च अभावमा शिक्षा स्वास्थ्य लगायतका वन्चित वटुकका लागि आर्थिक सहयोग गर्दै आएका छन ।

कार्यक्रममा प्राज्ञ साहित्यकार एवं मन्दिरका अध्यक्ष मुकुन्दशरण उपाध्याय, राधाकृष्ण मन्दिर वृद्ध आश्रमका अध्यक्ष प्रेम लिगल, राधाकृष्ण सास्कृतिक समुहका अध्यक्ष भोलप्रसाद भण्डारी, मन्दिरका अध्यक्ष कृष्णप्रसाद अधिकारी, मन्दिरका उपाध्यक्ष गणेश खत्री साहित्यकार फणिनारायण सिग्देल लगायतले सामाजिक व्यक्तित्वको सहयोगले नै संस्कृत विद्यालय अगाडी वढने धारणा राखेका थिए ।

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका प्र.अ. हरिभक्क्त सिग्देलको सभापतित्वमा भएको सो कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका सन्चाल समितिका सदस्य नन्दप्रसाद अधिकारीले गरेका थिए । भने कार्यक्रमको संचालन मन्दिरका सचिव घनश्याम खनालले गरेका थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

वालदिवस मनाइयो

राधाकृष्ण वृद्धाश्रमको भवन उद्घाटन

अग्रज पत्रकार अमात्य सम्मानित

मानवअधिकार तथा शान्ति समाजमा सुवर्णकार

प्रमुख समाचार

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु