कृष्टलका गहना बनाउने तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७६
Traning-1

वैशाख २६ लेखनाथ । पोखराको लेखनाथ स्थित डाँडाको नाकमा १५ दिने कृष्टलका गहना बनाउने तालिम शुरु भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित एवं पोखरा–३३ कोसहयोग तथा आदर्श चेतनशील आमा समुहको सहजीकरणमा १५ दिने कृष्टलका आधुनिक गहना बनाउने तालिम शुरु भएको हो । लेउवा संघका कार्यसमिति सदस्य एवं तालिम समन्वय समितिका सभापति जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाहमुखी नभई व्यवसायी वन्न आग्रह गरिन् ।

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले वडा कार्यालयले दिने तालिमले स्वरोजगार हुन मद्दत गर्ने र यसबाट आय आर्जनमा टेवा पुग्ने बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले तालिम लिएर प्रमाणपत्र सिरानीमा राख्ने खालको नभई तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न र व्यवसायीक बन्नका लागि आग्रह गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य डिलकुमारी दाहाल (सन्ध्या)ले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य आदर्श चेतनशील आमा समुहकी सचिव तुलसी आचार्यले गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

hero news full width