स्टेप बाई स्टेप मावि मा सर्कलहरु पुनर्गठन

आदर्श समाज संवाददाता
वैशाख २६, २०७६
29498132_10156221608148794_8875194019013984256_n

पोखरा, २६ वैशाख । स्टेप बाई स्टेप मा.वि.मा गठित नेपाल युवा रेडक्रस सर्कल, क्वालिटि सर्कल र ग्रो सर्कलको पुनर्गठन गरिएको छ ।

पुनगठित नेपाल युवा रेडक्रस सर्कलको अध्यक्षमा कुशल पराजुली र उपाध्यक्षमा सुस्मिता पौडेल चयन भएका छन् भने सचिव, सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश ः सृजना न्यौपाने, रिजन मासिनी, रोशनी पाठक र उन्नति बराल चयन भएका छन् ।

सदस्यहरुमा सविना वि.क., अनमोल भण्डारी, अगस्त्य बस्याल, प्रनित पाण्डे र ईशा सुवेदी छनोट भएका छन् । शिक्षक नायकमा लभ शर्मा रहेका छन् । त्यसै गरी स्वाति मेहेताको अध्यक्षतामा क्वालिटी सर्कल गठन गरिएको छ ।

उपाध्यक्ष सचिव, सह–सचिव र कोषाध्यक्ष क्रमश श्यामोन पुनआयुष जिसी, नेहा रिजाल, अमृत शर्मा चयन भएका छन् । सदस्यमा प्रनित पाण्डे, चर्चा लामिछाने, सचिव पौडेल र अनमोल खड्का रहेका छन् । शिक्षक संयोजकमा विजया श्रेष्ठ रहेकी छिन्।

पुनर्गठित ग्रो सकेलको अध्यक्षतामा प्रमेश न्यौपाने चयन भएका छन् भने उपाध्यक्षमा सुस्मिता बरुवाल, सचिवमा सर्मिला रसाइली, सह–सचिवमा भीमा आर्चाय, कोषाध्क्षमा समिर रानाभाट चयन भएका छन् । सदस्यमा सम्भव रिजाल, अखिल मगर, आशिष देवकोटा र आविस्कार ढकाल चयन भएका छन्। शिक्षक संयोजकमा रामचन्द्र पौडेल रहेका छन् ।

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, भाइस प्रिन्सिपल दिपक गिरी, संयोजक सूर्यप्रसाद लम्साल, अतिरिक्त क्रियापकाप प्रमुख तथा युवा रेडक्रसका शिक्षक नायक जगन्नाथ घिमिरे, विद्यार्थीहरु निशान ढकाल, रजनी बराल र सम्झना पौडेल लगायतले मन्तव्य राखेका थिए । अस्विना के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समता पौडेलले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width