अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

रासस
वैशाख २६, २०७६
NYU-Langone-Bellevue-Hospital-Interior-Untapped-Citites

वासिङ्टन, २६ बैशाख । संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ ।

गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ । काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ । प्रति १ लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाहरुको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।
यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्षभित्र हुने गरेको छ । आमाहरुको मृत्यु हुने मुख्य कारणहरुमा मुटुरोग, सङ्क्रमण र रक्तश्राव रहेका छन ।

सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ । राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width