गौशाला, २६ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ ।
विहीवार विहान बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ ।
प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई चरिरहेको ठाउँमा अचानक विषालु गोमन सर्प आएको र गाईको खुट्टामा टोकेको एक छिनमै गाई छट्पटाउँदै वनमै मरेको थियो । एक महीनाअघि मात्रै ६० हजार भारुमा किनेर ल्याएको गाईलाई सर्पले टोक्दा ज्यान गएपछि साह परिवार निक्कै दुःखी भएका छन ।
त्यस्तै गत सोमबारका दिन पनि सोही खेतको फाँटमा चरिरहेका बेला स्थानीयवासी श्यामबाबु चौधरीको दुधालु गाईलाई पनि विषालु सर्प गोमनले नै टोक्दा गाईको ज्यान गएको थियो । यसरी चार दिनको अवधिमा एउटै गाउँकै दुई वटा दुधालु गाईलाई विषालु सर्प गोमनले टोक्दा ज्यान गएपछि स्थानीय किसानहरु भयभित भएका छन् भने वनमा जान र गाईवस्तु लैजान डराएका छन ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१