मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

रासस
वैशाख २६, २०७६
Motorbike Accident

ASHKELON, ISR – JULY 22: Motorbike accident on July 22 2006. Motorcycles have a higher fatality rate per unit of distance travelled when compared with automobiles.

रामेछाप, २६ वैशाख । रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।

पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल््याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको थियो । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयवासीको भनाइ छ । केही समयअघि पनि सोही ठाउँ नजिकै ट्र्याक्टर दुर्घटना हुँदा सात घाइते भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width