Worldlink ads

आज कानून दिवस

रासस
वैशाख २६, २०७६
sarbochcha-adalat

काठमाडौँ, २५ वैशाख। कानून दिवस विहीवार विविध कार्यक्रम गरी मनाइँदैछ। प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ लागू भएको दिनको सम्झनामा यो दिवस प्रत्येक वैशाख २६ गते मनाउन थालिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले ‘कानून दिवस, २०७६’ का अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रधानन्यायाधीश राणाले जारी गरेको सन्देशमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सवोर्च्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवद्र्धन र सहज पहुँच पुग्ने विश्वास लिएको छु। ” जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न दिवसले थप हौसला प्रदान गर्ने विश्वास सन्देशमा गरिएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width