रेडक्रस दिवसमा घाइतेको सहयोग

एजेन्सी
वैशाख २६, २०७६

पोखरा, २५ वैशाख। थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलले विश्व रेडक्रस दिवस बुधबार विविध कार्यक्रम गरी मनाएको छ।

मोटरसाइकल दुर्घटनामा घाइते शिवालय माविका पूर्व विद्यार्थी चन्द्र विकको उपचारका लागि सर्कलले सो अवसरमा आर्थिक सहयोग गरेको छ।

शिक्षक, विद्यार्थी र रेडक्रसका सदस्यबाट सङ्कलित नगद ६ हजार ९ सय २० रुपैयाँ हाल मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका चन्द्रका हजुरबुबा दुर्गाबहादुर विकलाई सर्कलका शिक्षक नायक जयराम सुवेदीले हस्तान्तरण गरे।

यसैबीच, युवा रेडक्रस सर्कल शिवालयको कार्यसमिति सरोज सुवेदीको अध्यक्षतामा पुनर्गठन गरिएको छ। समितिको उपाध्यक्षमा रेनुका ओझा, सचिवमा प्रताप विक, कोषाध्यक्षमा अङ्किता तिमल्सेना र सहसचिवमा आशिष सुवेदी चयन भएका छन्।

सर्कलका सदस्यहरुमा समीक्षा राना मगर, विदुर अधिकारी, विपिन ओझा, आरती सुर्खाली र साधना ओझा रहेका छन्।

सर्कलका संरक्षक तथा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक जयराम सुवेदीले रेडक्रसको महत्वमाथि प्रकाश पारेका थिए। विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी थुम्की उपशाखाका सदस्य ऋषिराम ओझाले रेडक्रसले अङ्गिकार गरेको सिद्धान्तबाट विद्यार्थीमा सेवाको भावना जाग्ने धारणा राखे।

Related News

सम्बन्धित समाचार

hero news full width