गुप्तेश्वर गुफामा आरती

रासस
वैशाख २६, २०७६
guptashor

पोखरा, २६ वैशाख । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ ।

विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिने भएको हो । तीन गुरुद्वारा शुद्ध गाईको घ्यू, कपुर, ज्योतिलगायतका पूजाका सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव, विष्णु भगवान तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

अक्षय तृतीयाको अवसर पारेर शुरु गरिएको आरतीको पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा आरतीले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार टिकट बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती सञ्चालनसँगै धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास लिइएको छ । नेपालको पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा सञ्चालन भए पनि पछिल्लो समय भने जनकपुरधाम, देवघाट, पोखराको ताल बाराहीघाट, सदा शिव हरिहर मन्दिर हुँदै गुप्तेश्वर गुफामा शुरु गरिएको छ भने मुलुकभर विस्तार हुने क्रम जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width