पोखरा २५, वैशाख। विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा ११ काहूँले निःशुल्क स्वास्थ्थ शिविर सम्पन्न गरेको छ ।
एक दिने शिविरको पोखरा–११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले सेवाग्राही रेशमबहादुर के.सी. लाई स्वास्थ्थ जाँच पूर्जी दिइ उद्घाटन गर्दै उपशाखाले स्थानीय तहका विरामीहरुको स्वास्थ्थ समस्याको समाधानका लागि गाउँघरमै चेक जाँचको व्यवस्था गरेकोमा धन्यवाद व्यक्त गरे ।
उपशाखा सभापति दशरथ आचार्यको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्म अधिकारी, उपशाखाका संस्थापक इश्वरी प्रसाद आचार्य, चिकित्सक कृष्ण आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा मेडिकल परिक्षण, प्रसुति तथा स्त्री रोग र आँखा जाँच गरी तीन सय सैतीस जनाको स्वास्थ्थ परिक्षण र निःशुल्क औषधि वितरण गरिएको उपशाखा सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०