प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल

रासस
वैशाख २५, २०७६
man bd gc

पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो ।

नेपाल सरकारको ९२ प्रतिशत, महानगर र उपभोक्ता समितिको क्रमशः ६ र २ प्रतिशत लगानीमा सस्वेन्सन प्रविधिबाट निर्माण गरिने सो पुल कूल ५६ मिटर लम्बाइको रहनेछ । महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधवार एक समारोहबीच सो पुलको शिलान्यास गर्दै तोकिएको समय र गुणस्तरीय विकास निर्माणको आवश्यकता औँल्याए ।

सीतापाइला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ र १५ का वडाध्यक्षद्वय तीर्थ अधिकारी र प्रकाश पौडेल, हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्य, निर्माण समितिका उपाध्यक्ष नगेन्द्र गुरुङलगायतले प्राकृतिक पुलको संरक्षणसँगै उजागर गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width