देवघाटमा १६ कुटीको पुनःनिर्माण

रासस
वैशाख २५, २०७६
gallery_20180415141718

भरतपुर, २५ वैशाख । विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो ।

भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गरेका हुन् । निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनमार्फत २०७५ पुस १३ गते सम्झौता भएर कुटी निर्माण शुरु गरिएको थियो । करीब रु एक करोड १० लाखको कुटी निर्माण गरिएको हो । भवन निर्माणका लागि एकाइले प्रतिभवन रु पाँच लाख ५० हजार अनुदान दिएको उनले बताए ।

न्यौपानेका अनुसार गलेश्वर आश्रमले उपभोक्ता समिति बनाएर सो भवनको निर्माण सम्पन्न गरिएको हो । सम्झौताअनुसार १६ भवन वैशाख ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीले देवघाट क्षेत्रमा २५४ कुटी रहेकाले सबैलाई एउटै प्रकारको बनाएर देवघाटको विशेषता झल्काउनुपर्नेमा जोड दिए ।

धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रुपमा देवघाट रहेकाले यहाँ आउने हरेक नागरिकले देवघाटका बारेमा खुलेर प्रसंशा गर्नसक्ने गरी उनीहरुको मन लोभ्याउने खालका काम गर्नुपर्ने गिरीले बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ८८ लाख र गलेश्वर आश्रमबाट रु २२ लाखको लागतमा कुटी निर्माण गरिएका हुनु ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width