/fli6«o dfgj clwsf/ cfof]un] d+unjf/ a’6jndf cof]hgf u/]sf] dlxnf lx+;f Go”gLs/0f, dfgj clwsf/ ;+/If0f Pj+ ;’/Iffdf g]kfn k|x/Lsf] hjfkmb]lxtf ljifos sfo{qmdnfO ;Daf]wg ub}{ k|b]z % sf d’VodGqL z+s/ kf]v/]n . t:jL/ M lg? uf}td, /f;;, ?kGb]xL
बुटवल, २४ वैशाख। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले महिला हिंसा अन्त्यका लागि समाजले महिलाप्रतिको दृष्टिकोण सुधार्नुपनेर्मा जोड दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक कार्यक्रम शुभारम्भ गर्दै उनले महिला हिंसा न्यूनीकरणका सामाजिक क्रियाकलामा सुधार गर्न सामूहिक प्रयास आवश्यक भएको बताए।
महिला हिंसा न्यूनीकरणका लागि प्रहरी मात्रैले नसक्ने भएकाले समाज, मानव अधिकारका पैरवीकर्ता, राज्य र न्यायिक क्षेत्रलाईसँगै लिएर हिँड्नुपर्ने धारणा व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले न्यायिक क्षेत्र संवेदनशील हुन नसके प्रहरीको अनुसन्धान मात्र काम नलाग्ने तर्क गरे।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सुरक्षा निकायले तहगत जिम्मेवारीलाई व्यवस्थित ढङ्गले निर्वाह गर्नुपनेर्मा जोड दिए।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले सामाजिक मूल्य, मान्यता, धर्म र संस्कारका कारण समाज महिलामैत्री बन्न नसकेको बताए।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मुलुकमा महिला हिंसाका अवस्था दयनीय रहेकाले यस्ता घटना न्यून गर्न र मानवअधिकारलाई सुदृढ गर्न आयोगले देशव्यापी अभियान चलाएको बताइन्।
प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले मानव अधिकार संरक्षण एवं सुरक्षाका सवालमा प्रहरी प्रतिबद्ध रहेको बताए।
मानव अधिकार आयोग प्रदेश ५ का निदेर्शक सम्झना शर्माले ‘महिला मानवअधिकार संरक्षणमा राष्ट्रिय मानवअधिकार आयोगको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकारको अवस्था सन्तोष गर्ने अवस्थाको नभएको बताइन्।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९