पोखरा, २४ वैशाख। सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका ६ मैदानस्थित ज्योतिप्रकाश आधारभूत विद्यालयमा शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ। प्रमुख अतिथि रुपा गाउँपालिका कार्यपालिका सदस्य सरिता सुनारले अभिभावकहरुलाई आफ्ना बाबुनानीहरुलाई नियमित विद्यालय जाने वातावरणका साथै पठनपाठनमा सहयोग गर्न अनुरोध गरिन्।
सुनारले बालमैत्री विद्यालयको वातावरणमा शिक्षा प्रदान गर्ने गाउँपालिकाको योजना रहेको जानकारी गराउँदै शैक्षिक सुधारका गतिविधिहरुमा आफूहरु प्रतिबद्ध रहेको बताइन्।
क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले विद्यालय तथा अभिभावकहरुले सहयोगको पूर्ण सदुपयोग गर्दै विद्यालयले बालमैत्री विद्यालयको वातावरणमा गुणस्तर शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक शिवराज लामिछानेले अभिभावहरुले विद्यार्थीलाई नियमित विद्यालय पठाउनुका साथै समय समयमा विद्यार्थीको शैक्षिक स्थितीबारे चासो राखेमा शैक्षिक सवालमा सहयोग पुग्ने बताए।
विद्यालयका ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष पार्वती माकाजू र कार्यक्रममाथि प्रकाश निवर्तमान अध्यक्ष रवि मर्सानीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१