पत्रकार ऋषि बराललाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान

सन्दर्भः राष्ट्रिय पत्रकारिता दिवस

आदर्श समाज संवाददाता
वैशाख २४, २०७६
Rishi Baral

पोखरा, २४ वैशाख । पत्रकार ऋषि बराललाई यस वर्षको टंकादेवी–तुलसीप्रसाद  स्मृति पत्रकारिता  पुरस्कार–२०७५ प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, कास्कीले संचालन गरेको उक्त पुरस्कार पोखरामा मंगलबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पत्रकार बराललाई प्रदान गरेका हुन् ।

प्रमुख अतिथिसमेत रहेका जिसीले बराललाई दोसल्ला ओढाएर ताम्रपत्रसहित नगद २५ हजार १ रुपैया पुरस्कार प्रदान गरे । लामो समय पत्रकारिता क्षेत्रमा रहेर समाज परिवर्तनमा सहयोग पु¥याएको भन्दै बराललाई उक्त पुरस्कारद्धारा पुरस्कृत गरिएको प्रतिभा छनोट समितिका संयोजक कुशुमकेशव पराजुलीले बताए ।

स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार कुशुमकेशव पराजुलीको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, सदस्य सचिव रामप्रसाद तिमिल्सिना र संंचारकर्मी जमुना वर्षा शर्मा सदस्य रहेको प्रतिभा छनोट समितिले पत्रकार ऋषि बराललाई पुरस्कारका लागि छनोट गरेको थियो ।

कास्कीको पोखरा महानगरपालिका–१३, आर्वामा २०३३ मा जन्मिएका पत्रकार बराल ०५५ सालदेखि पत्रकारिता क्षेत्रमा सकृय छन् । ०५५ देखि आदर्श समाजबाट पत्रकारिता क्षेत्रमा लागेका बराल हाल ई–आदर्श डट कम अनलाइन पत्रिकाकाका कार्यकारी सम्पादक र  द हिमालयन टाइम्स अंग्रजी दैनिकको पोखरा संवाददाता हुन् । स्व. टंकादेवी–तुलसीप्रसादका छोरा सुवर्र्णप्रसाद कोइराला एवं कोइराला परिवारले उक्त पुरस्कारको स्थापना गरेका हुन् ।

पत्रकारितालाई मुख्य पेशा बनाएर लामो समय पत्रकारिता एवं संचार क्षेत्रमा कृयाशील पत्रकार एवं संचारकर्मीमध्येबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिदै आएको छ । यसअघि, उक्त पुरस्कारबाट मरणोपरान्त स्व. उमा सिंह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमाला, माधव पनेरु र जमुना वर्षा शर्मा उक्त पुरस्कारबाट सम्मानीत भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width