लेखनाथ पत्रकार मञ्चलाई सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७६
hamro gourob_Fotor

लेखनाथ, २३ वैशाख। लेखनाथ पत्रकार मञ्चले पत्रकारिता कल्याण कोष स्थापनाका लागि अघि सारेको अक्षयकोषमा सहयोग आउने क्रम जारी छ।

पोखरा ३०, खुँदीमा रहेको हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर मञ्चलाई पाँच हजार पाँच रुपैयाँ सहयोग गरेको हो। सहकारी अध्यक्ष कमलनाथ कुँवर लगायत कार्यसमितिका पदाधिकारीहरुले सामूहिक रुपमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल र कोषाध्यक्ष सन्दीप पौडेललाई सो रकम हस्तान्तरण गरेका हुन्।

पत्रकारिताको क्षेत्रबाट समग्र पोखरा उपत्यकाको आर्थिक, सामाजिक तथा भौतिक विकासमा सहकार्य गर्दै मञ्चले केही समय अगाडिदेखि अक्षयकोषका लागि अभियान संचालन गर्दै आएको मञ्च अध्यक्ष बरालले जनाए।

सहकारीले सोमबार साँझ कार्यालय परिसरमा दीप प्रज्ज्वलन समेत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश ढुङ्गानाले बताएका छन्।

कुल एक हजार ३० सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ६ करोड ७८ लाख र कुल कारोबार ४२ करोड २० लाख भएको संस्थाका सचिव घननाथ सापकोटाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width