उपकुलपति प्रति गरिएको हिंसात्मक व्यवहारको भत्सना

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७६
Pokhara-University

पोखरा, २३ वैशाख । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी शर्मामाथि वैशाख १७ गते गरिएको हिंसात्मक घटनाप्रति गम्भीर रुपमा ध्यानाकर्षण गरिएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठन, गण्डकी प्रदेश र नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेशले सयुक्त रुपमा सोमवार एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाप्रति आपत्ति प्रकट गरिएको हो । विश्वविद्यालय जस्तो प्राज्ञिक र गरिमामय संस्थाका सम्माानित उपकुलपतिमाथि विश्वविद्यालय वाहिर सामाजिक, सांस्कृतिक तथा पारिवारीक भ्रमणको क्रममा छापामार शैलीमा कालोमोसो दल्ने काम निन्दनीय र भर्तसनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना मागलाई शान्तिपूर्ण रुपमा राख्ने अवसर र विश्वविद्यालयले प्रदान गर्दागर्दै विश्वविद्यालय वाहिर एकान्तमा अत्यन्त कुर शैलीमा आक्रमण गर्ने कार्यले लोकतान्त्रिक पद्वतिलाई नै कुठराघात गरेको छ विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width