स्वतन्त्र कास्कीको नयाँ समिति

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७६
ppp

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको सातौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
पोखरामा सोमवार सम्पन्न अधिवेशनले असफल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष तिलक थापा, महिला उपाध्यक्ष लक्ष्मी गुरुङ (तिर्सना), सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्ष ओमप्रकाश उपाध्याय, सह–सचिव गंगासागर उपाध्याय रहेका छन् । यस्तै, सदस्यमा सागर कार्की, भरतप्रसाद तिवारी, अम्बिका राणा, पितमबहादुर सेन (ठकुरी) डिल्लीराम काफ्ले, डिल्लीराम कार्की रहेका छन् ।

यसैगरी राष्ट्रिय पार्षद्मा केशवराज पराजुली, उमकान्त शर्मा, भूपनिधि पन्त, नारायण कार्की, कृष्ण थापा, दुर्गाप्रसाद पौडेल, यज्ञप्रसाद बास्तोला, ऋषिराम बराल निर्वाचित भएका छन् ।

प्रदेश पार्षदमा महेश्वर पाण्डे, विश्वलाल श्रेष्ठ, कल्याण पन्त, लेखबहादुर थापा, बालकृष्ण सुवेदी, कृष्ण रानाभाट, पुलप्रसाद गुरुङ (पुरन) चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width