मोटरसाइकल ठक्करबाट गम्भीर घाइते चालकको साथबाट लागुऔषध बरामद

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७६
Motorbike Accident

ASHKELON, ISR – JULY 22: Motorbike accident on July 22 2006. Motorcycles have a higher fatality rate per unit of distance travelled when compared with automobiles.

कावासोती, २३ बैशाख । पूर्वी नवलपरासीको अरुणखोलामा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका १० अरुणखोलामा बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ग ६ प ७०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पाल्पाको निस्दी गाउँपालिका ४ बस्ने ७० बर्षीय प्रेम सिंजाली मगर गम्भीर घाइते भएका हुन् ।

उनको चितनवको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेको टाउकोमा चोट लगाएको जनाएको छ । ठक्कर दिएर फरार मोटरसाइकल चालकलाई खोजतलास गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको साथबाट लागू औषध समेत बरामद गरेको छ ।

नवलपरासीको देवचुली नगरपालिका १६ रजहर निवासी चालक सुरज सुनारको साथबाट प्रहरीले नुफिन, सिरिन्ज, लगायतका करिब २ सय थान लागूऔषध बरामद गरेको जनाएको छ ।उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width