म्यानेजर्स क्लबको लेखा र कर तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७६
Managers Club Photo_Fotor

पोखरा २२, वैशाख। को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजनामा सहकारीमा लेखा तथा कर व्यवस्थापन तालिम शनिवार सम्पन्न गरिएको छ।

हालै मात्र संशोधन भई आएको आयकर ऐनसम्बन्धी नेपालको सहकारीहरुमा लेखा तथा कर व्यवस्थापन भूमिकाविषयक तालिमको चार्टर्ड एकाउन्टेन राजकुमार फुँयालले तालिमको सहजीकरण गरेका थिए।

दुई दिनसम्म चलेको तालिममा फुँयालले विभिन्न शीर्षकका करहरुको गणना, सहकारीहरुले बुझाउने करको राजश्व शीर्षक, सहकारीको वासलात, आय विवरण बनाउने प्रक्रिया र आयकर बुझाउँदा हुने फाइदा र आयकर ऐनमा भएका प्रावधान विषयमा जानकारी गराएका थिए।

क्लब अध्यक्ष मीलन ढकालले तालिममा सिकेका विषयले संस्थालाई केही परिवर्तन दिने विश्वास व्यक्त गर्दै सहकारी संस्थाको गुणस्तर वृद्धिमा क्लब निरन्तर लागि रहने बताए।

अध्यक्ष मीलन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अपील कोइरालाले गरेका थिए।

तालिममा ५० सहकारी संस्थाका ५५ जना सहकारीकर्मीको उपस्थित थियो।

Related News

सम्बन्धित समाचार

hero news full width