क्यान्सर पीडित परिवारलाई राहत

एजेन्सी
वैशाख २३, २०७६
parbat-samaj-sahayog

पर्वत, २३ वैशाख । घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ दुर्लुङ निवासी ३५ वर्षीय हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका गिरी परिवारको पालन पोषणको लागि ४ महिना पहिले कतार गएका थिए ।

रोजगारीको लागि कतार पुगेको २ महिनामै घाँटीको क्यान्सरबाट पीडित बनेका गिरीको अल तैमोज क्लिनिक कम्पनीले हाल सम्मको उपचार खर्च व्यहोरेको र आगामी दिनमा पनि उपचार खर्च व्यहोरने प्रतिवद्धता जाहेर गरेको भएपनि गिरीले काम गर्न नसक्दा नेपालमा रहेका उनका परिवारको विचल्ली हुन पुगेको भन्दैं समाजले ९३ हजार ४ सय ७५ रुपैया आर्थिक सहयोग गरेको हो । पर्वत समाज कतारका केन्द्रीय सदस्य महेन्द्र कुमार चालिसेको संयोजकत्वमा रोजगारीको लागि कतारमा रहेका पर्वतेलीहरुबाट उठाएको रकम पीडित गिरीकी श्रीमती जुना गिरीलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दैं कुश्मा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्यले खाडीमा पसिना संग साटेको पैसा आफ्नो परिवारको छाक काटेर सहयोग गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरे ।

जनताको स्वास्थ्यको सुरक्षा गर्ने दायित्व राज्यको भए पनि अझै त्यो हुन नसकेको अवस्थामा स्थानिय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो वडाबाट दश हजार सहयोग गर्ने समेत बताए । सो अवसरमा पर्वत समाज कतारका संस्थापक तथा पुर्व अध्यक्ष प्रताप गिरिले क्यान्सर पीडित गिरीको स्वास्थ्य अवस्था र पारिवारीक अवस्थाको बारेमा जानकारी गराउदैं कठिन परिस्थितिमा कतारमा स्थापना गरिएको संस्थाले आज आफन्नै परिवारलाई राहत हस्तान्तरण गरेकोमा खुशी लागेको बताए ।

राहत हस्तान्तरण कार्यक्रममा संस्थाको बारेमा जानकारी गराउदै पुर्व महासचिव सन्तोष कुमार गुरुङले संस्थाले बिपत तथा अफ्ट्यारोमा परेकाहरुलाई स्थापनाकाल देखि नै सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width