पोखरा, २३ वैशाख
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ ।
नेजाको अमेरिकामा सम्पन्न १३ आंै साधारण सभा अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक हजार एक सय ११ डलर र प्रमाणपत्र रहेको छ ।
शर्माले लेखेको ‘अमेरिकाको ग्यास स्टोरमा जोखिम : बन्दुकको निशानामा नेपाली’ शीर्षकको फिचर समाचारले सर्वोत्कृष्ट हुँदै पुरस्कार जितेको हो । दर्जनांै प्रतिस्पर्धीमा उनको उक्त रिपोर्टिङले यस वर्षको नेजा पुरस्कार पाएको होे ।
किरण मरहठ्ठा, होम लम्साल र ज्योति देवकोटाले छनौट समितिले शर्माको समाचारलाई उत्कृष्ट ठह¥याएको जनाइएको छ ।
अमेरिकाको टेक्सासमा बसेर पत्रकारिता गर्दै आएका शर्मा पोखरामा रहँदा समेत कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए ।
अहिले पनि स्वतन्त्र पत्रकारिता गर्दै आएका शर्माको युएसनेपालपोष्ट नामक अनलाइनपोर्टल समेत संचालन तयारीमा छ ।
चलचित्र पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष शर्माको स्थायी घर तनहुँ जिल्लाको राइपुर हो । उनले यसअघि पनि विभिन्न विधामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९