विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु

एजेन्सी
वैशाख २३, २०७६
images_cms-image-000073972

काठमाण्डौ, २३ वैशाख । एक रुसी विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट–१०० विमानमा आगलागी भएको हो।

रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए। तीमध्ये ४१ जनाको मृत्यु भएको हो। ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो। घटना आइतबारको हो।

विमानका यात्रुहरुलाई आपतकालिन ढोकाबाट निकालेर केही वाच्न सफल भएका छन् । अवतरण गर्ने क्रममा विमान उर्फिएर कालो धुवाँको मुस्लो सहित जलेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्। ।

Related News

सम्बन्धित समाचार

hero news full width