कारितास नेपालको सहयोगमा बाली उपचार शिविर

एजेन्सी
वैशाख २२, २०७६
bali sibar

पोखरा, २२ बैशाख । कारितास नेपाल फिल्ड कार्यालयको सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर २९ आर्दशचोकमा आइतवार बाली उपचार शिविर सम्पन्न भएको छ ।

नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत शिविर सञ्चालन भएको हो । बाली संरक्षण प्रयोगशाला गण्डकीका प्रमुख प्लान्ट डा. धनबहादुर राना, सहजर्कता कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य, हिममाया भण्डारी, नाइस केयर नेपालका मुक्तिनाथ पौडेल लगाएतले कृषकहरुलाई सहजीकरण गरेका थिए ।

शिविरमा करिब ३५ वटा नमुना जाँच गरिएको थियो । सबै भन्दा बढि लाइकिरा, अन्य किराले समस्या दिएको कृषकहरुले बताएको कारितस नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् । किसानलाई तरकारी वाली, फलफूल र अन्न भण्डारमा देखिएका समस्या समाधानका उपाएका बारेमा जानकारी दिइएको थियो । स्थानीय कृषकहरुले शिविर नियमित रुपमा संचालन गर्नु पर्ने माग कृषकहरुले राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width