पोखरा २१, वैशाख। भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले व्यवहारिक नेपाली भाषा प्रयोग गर्नुपनेर्मा जोड दिएका छन्।
पोखरामा शनिवार आयोजित भाषिक चर्चा कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै उपाध्यायले नेपाली भाषालाई संसारका अरु भाषासँग मिल्ने बनाउनु पर्ने बताए। उनले भने– संस्कृत भाषाका शब्द, आगन्तुक र स्थानीय भाषाका शब्द जस्ताको तस्तै ग्रहण गर्नुपर्दछ।
नेपाली भाषामा संस्कृतसँगको निकटता रहेको उल्लेख गर्दै उनले भने–संस्कृत भाषिकाका शब्दहरु हाम्रो भाषामा जस्ताका तस्तै आएका छन्। साथै उनले संसारमा नेपाली भाषीको संख्या कम नभएको र यो भाषालाई कसैले मार्न नसक्ने दाबी गरे।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठले भने– ‘भाषाशास्त्री उपाध्यायले काठमाडौं भन्दा पोखरामा नै बसेर आन्दोलन अगाडि बढाएको भए अझ सशक्त हुने थियो’।
अध्यक्षको आसनबाट मुकुन्द शरण वाङ्मय परिषद् नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले भाषाबारे वैज्ञानिक आधार हुँदाहुँदै मनगढन्ते व्याकरण बनेको हुँदा विवाद सिर्जना भएको उल्लेख गर्दै नीति एउटै लागु हुनु पनेर्मा जोड दिए।
परिषद्का प्रथम उपाध्यक्ष देवकृष्ण काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव डा. बाबुराम अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१