तेस्रो घाचोक माछापुच्छ्रे महोत्सव समापन समारोहका अतिथि। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, २१ वैशाख। परिवर्तनका लागि युवा सञ्जाल (युनेक) नेपाल, घाचोकको आयोजनामा भएको तेस्रो घाचोक माछापुच्छ्रे महोत्सव शनिबार समापन भएको छ।
समापन समारोहमा प्रमुख अतिथि प्रतिनिसधसभा सदस्य सूर्यबहादुर केसीले देश बनाउने दायित्व युवा पिढीको हुने औँल्याउँदै युवा क्रियाशील भएमात्रै देश निर्माण हुने बताए। उनले देशको भविष्यमा चिन्ता प्रकट गर्न उपस्थित युवासमक्ष आग्रह गर्दै युवाशक्तिले राष्ट्र विकासमा प्रष्ट भूमिका खेल्नुपनेर्मा जोड दिए।
नेपालको विकासमा निजी क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गर्दै सांसद केसीले नागरिकको संख्या वृद्घि गर्न सिमापारीका मानिसलाई समेत वर्तमान सरकारले नागरिकताको प्रमाणपत्र बाँडेको भन्दै दुखेसो पोखे। नेपालको भौगोलिक विविधता प्रयोग गरी समृद्घि हासिल गर्नुपर्ने उनको तर्क थियो।
नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीले शान्ति र आर्थिक समृद्घिबाटै देशले निकास पाउने दाबी गर्दै त्यसका लागि सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताए। उनले विकासमा राजनीति गर्न नहुने जनाए।
नेपाली काँग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डेले घाचोकमा दूध र बदाम खेती व्यावसायिक रुपमा अगाडि बढाउन सुझाव दिइन्। त्यसका लागि वडाले बजारीकरणका चासो दिनुपर्ने उनको भनाइ छ।
वडाध्यक्ष सूर्यप्रसाद लम्सालले महोत्सवलाई आफूले ऐतिहासिक उत्सवका रुपमा लिएको भन्दै महोत्सवले घाचोकको कृषि, खेलकुद र पर्यटन प्रवद्र्घनमा सहयोग पुर्याएको औँल्याए।
सो अवसरमा नेपाली काँग्रेस जिल्ला सदस्य अम्वरबहादुर कार्की अनिल, युवा नेता शिव पोखरेल, स्थानीय मेघराज आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोखरेल, काँग्रेस नेता गुञ्जमान गुरुङ, आयोजक संस्थाका अध्यक्ष मौसम कार्की, महोत्सवका संयोजक टेकनशोभा गुरुङ लगायतले महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए। महोत्सवअन्तर्गत अन्तरक्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले उचाल्यो। आयोजक उपविजेतामा सीमित हुँदा गुराँसे भुमे युवा क्लब टुसे तेस्रो भयो।
त्यस्तै झाँकी प्रतियोगितातर्फ अन्नपूर्ण महिला प्राङ्गारिक समूह प्रथम, सुनौलोपाटन आमा समूह द्वितीय, नेपाल मगर संघ तृतीय र रानाभाट सेवा समाज सान्त्वना भए। कृषि तथा हस्तकला प्रतियोगितातर्फ राम अविरल प्रथम, पदम क्षेत्री द्वितीय, फूलमाया नेपाली तृतीय र शंकर लम्साल सान्त्वना भए। योग प्रतियोगितातर्फ अर्जुन रोकामगर र सन्ध्या नेपाली प्रथम, गौतम नेपाली र उषा नेपाली द्वितीय, निश्चल नेपाली र वर्षा नेपाली तृतीय भए।
रत्यौलीमा हेमजास्थित गौरीशंकर आमा समूह प्रथम, स्याल्पेभुमे आमा समूह दोस्रो, सुनौलो पाटन आमा समूह तेस्रो, प्रगति आमा समूह चौथो हुँदा क्रियाशील आमा समूहकी लक्ष्मी नेपालीको नृत्य र माछापुच्छ्रे आमा समूहकी इन्दिरा केसी लुठोमा उत्कृष्ट भए।
त्यसैगरी यूनेक डान्सिङ आइडल सिजन टुको उपाधि काठमाडौंका नेशन मगरले उचालेका छन्। त्यस्तै पोखराका गणेश तामाङ दोस्रो, बागलुङकी बन्धना घर्तीमगर तेस्रो भएकी छन्। उक्त नृत्यमा माछापुच्छ्रे गाउँपालिका १ की निशा पुन अनुशासन साथै पर्वतकी कृति गुरुङ भेषभुषामा उत्कृष्ट भए।
महोत्सवअन्तर्गत शनिवार कलाकार चोलेन्द्र पौडेल, पार्वती जिसी, तारापति सुवेदी, प्रेमराज अधिकारी, टेक क्षत्री, जूना क्षत्री लगायतको प्रस्तुति रहेको थिए। त्यस्तै, विभिन्न व्यक्ति एवं संघसंस्था तथा खेलाडीलाई सम्मान पनि गरिएको थियो। महोत्सव संयोजक टेकनशोभा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष लिला पुनले स्वागत, अध्यक्ष मौसम कार्कीले धन्यवाद ज्ञापन र महोत्सव सदस्य सचिव रेशम नेपालीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
आगलागी पीडितलाई मन्त्रीको राहत
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
सुदूरको सिंहदरबार : सरकार त पुग्याे, विकास भने आकाशकै फलजस्तो
प्रकाशकीय : अबिराम अविचलित यात्रा
वैशाख १, २०७८एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
चैत्र ३१, २०७७भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७