समुदाय प्रहरी साझेदारी–अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७६
1_Fotor

पोखरा २१, वैशाख। छोरेपाटन प्रहरी चौकी पोखरा–१७ ले शनिवार समुदाय प्रहरी साझेदारी परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा चौकी इन्चार्जमा हालै पदवहाली भइ आएका प्रहरी नायव निरीक्षक दुर्गाबहादुर कुँवरले आफूले शान्ति सुरक्षाको लागि क्रियाशील रहने जानकारी दिए। उनले चौकीमा जनशक्ति र स्रोतसाधनका अभावका बीच पनि आफू आए लगत्तै भारतीय अपहरणकारीलाई पक्रन सफल भएको उल्लेख गरे।

साथै उनले प्रहरी चौकी भवनको विस्तार, पार्कि·को व्यवस्था, सिसि टिभी क्यामेरा स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा–२१ वडाध्यक्ष खगराज आचार्य, वडा सदस्य मातृकाप्रसाद बराल, जिल्ला मेलमिलाप समाजका उपाध्यक्ष हर्कबहादुर रेग्मी, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली काँग्रेस वडा नं. १७ का सभापति देवराज आचार्य, नेपाल रेडक्रस सोसाइटीका टेकनाथ बराल, छोरेपाटन माविका सहायक प्रधानाध्यापक डिल्लीराज शर्मा, ज्योतिर्लिङ्ग शिवालय मन्दिरका अध्यक्ष धर्मराज अर्याललगायतले वडाको शान्ति सुरक्षाका बारेमा मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा, १७ असोज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर…
  • कृषि पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    लेखनाथ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकीले पोखरामा कृषि पत्रकारितासम्बन्धी तालिम सुरु गरेको छ । कृषिको क्षेत्रको…
  • जनप्रकाश क्याम्पसको २० औं साधारणसभा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । पोखरा २९, भण्डारढिकस्थित जनप्रकाश बहुहुखी क्याम्पसको २०औं साधारणसभा बुधबार सम्पन्न भयो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जीवन…
  • भेटी रकम सामाजिक कार्यमा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । युवा नेता अर्जुन अधिकारीले आमाको निधनमा संकलित भेटीवापत्को रकम सामाजिक कार्यमा लगाएका छन् । पोखरा १९, घार्मी निवासी…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसैं, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्व अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम गरेको…

hero news full width