लम्की, २२ वैशाख । कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन।
सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिनुभयो ।
शिविरमा सेवा लिन आएकामध्ये एकको पिसाबथैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरुलाई पनि नेपालगञ्ज सिफारिसश गरिएको छ ।
“शिविरमा सेवा लिन आएका करीब ८० प्रतिशत महिलामा प्रजनन अङ्गमा सङ्क्रमण देखिएको छ । शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ ।” मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भने । “ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुशी भएका छन ।
लामो समयदेखि उपचार सेवा लिन नसकेका महिलाले समेत उपचार गरेका छन ।” पाठेघर खसेकी ७१ वर्षीया एक महिलाले गाउँमै चिकित्सक आएपछि उपचारमा आएको बताइन् । ।
शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डा अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डा बविता शाह र डा रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डा अमित प्रजापतिलगायतको टोलीले सेवा दिएको थियो ।
Related News
सम्बन्धित समाचार
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१