स्वतन्त्रको मोरङ समिति गठन

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७६
Bijaya Khatiwada Ff (2)

विराटनगर, २१ बैशाख । स्वतन्त्र पत्रकार संघमा आवद्व मोरङ जिल्लामा क्रियाशील पत्रकारहरूको भएको भेलाले विजय खतिवडा अध्यक्ष रहेको नौ सदस्यीय समिति गठन गरेको छ । मोरङमा कार्यरत स्वतन्त्र पत्रकारको संस्था स्वतन्त्र पत्रकार समूह संघमा आवद्व भएपछि शुक्रबार उक्त समिति गठन गरिएको हो । मोरङ संघको २३औं शाखा हो ।

समितिको उपाध्यक्ष जीतेन्द्र साह, सचिव सुभाष कार्की, कोषाध्यक्ष सिर्जना कार्की चयन भएका छन् । नौ सदस्यीय समितिको सदस्यमा मधुसुधन ज्ञवाली, शिवम् मिश्र, राकेश कर्ण, दशरथ शाह र जोशन श्रेष्ठ चयन भएका छन् ।

यसैगरी राष्ट्रिय पार्षदमा मोहन भण्डारी, महाप्रसाद खतिवडा, देवनारायण साह, महानन्द सापकोटा छन् भने प्रदेश प्रतिनिधिमा मोहन मानन्धर, उद्धव घिमिरे चयन भएका छन् ।स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय महाधिवेशन यही बैशाख २८ र २९ गते तनहूँको बन्दीपुरमा हुने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width