पर्यटन व्यवसायी महिलाको टोली भारतको अवलोकन भम्रणमा

एजेन्सी
वैशाख २१, २०७६
pic 1 (1)

पोखरा, २१ वैशाख । पर्यटन व्यवसायी महिला संघ नेपालको (टेवान) को टोली गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक छिमेकी राष्ट्र भारतको अवलोकन भम्रणमा निस्किएको छ ।

६ दिने भ्रमणमा निस्केको २१ जनाको टोलीले दार्जलिङ, सिक्किम र ग्यान्टोकका विभिन्न स्थानको अवलोकन, होमस्टेको अवलोकन तथा त्यहाँ स्थित पर्यटन विभागसँग अन्तत्र्रिmया समेत गर्ने पर्यटन व्यवसायी महिला संघ नेपालका अध्यक्ष लक्की कार्की क्षेत्रीले बताइन् ।

गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २०१९ लाई आन्तरिक पर्यटन वर्षको घोषण गरेर कार्यक्रम अगाडी बढाइरहँदा गरिएको यो भम्रण पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आगामी दिनमा पनि यस्ता किसिमका आन्तरिक तथा छिमेकी राष्ट्रको भम्रण गर्ने योजना रहेको कार्यक्रम संयोजक तथा संस्थाका महासचिव कमला गिरीले जानकारी दिएन् । पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थापना भएको संस्था शुरुका दिनदेखि नै विभिन्न पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width