राप्रपाको शुभकामना आदान–प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७६
RPP

पोखरा, २१ वैशाख ।  नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गण्डकी प्रदेश समिति र कास्की जिल्ला कार्यसमितिले शनिबार पोखरामा शुभकामना आदान–प्रदान ग¥यो ।

पार्टीको गण्डकी प्रदेश संयोजक हेमजंग गुरुङले कार्यक्रममा बोल्दै पार्टीका कार्र्यकताहरुले आफ्नै घरबाट संगठन निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए । पार्ट ठूलो नबनेसम्म नेतृत्व वर्गले बिश्राम लिन नहुने उनको कथन थियो । जेठको १५ गतेभित्र सबै जिल्ला, स्थानीय निकाय, नगर, महानगर र वडा कमिटी गठन गरिसक्नुपर्ने निर्देशन समेत दिए ।

पार्टीका केन्द्रीय सदस्य जयलाल पुनले वामपन्थी सरकारले भारतीयहरुलाई नागरिकता बाँडेर भारतीय विस्तारवाद लाद्न खोजेको आरोप लगाए ।
अर्का केन्द्रीय सदस्य बरुण बिक्रम राणाले गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको विकल्पमा राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापनाको एजेण्डालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीको मनोनीत केन्द्रीय सदस्यहरु बरुणबिक्रम राणा र नारायण गुरुङ, गण्डकी प्रदेश कार्यसमिति पदाधिकारी र सदस्य तथा सल्लाहकार एवं राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकीका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width