भाइरल ज्वरोको प्रकोप

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७६
471428330edit_wide-50f5cb85509435f45875c946da5542339fefb08e-s800-c85

मार्तडी, २१ वैशाख । बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् ।

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए । रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ बढीको उपचार गरेको प्रमुख सिंहले बताए । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म एक जना स्वास्थ्य सहायक र एकजना अनमी गाउँमै रहने बताइएको छ ।

जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ । महामारी नियन्त्रण गर्न ५०० देखि एक हजार बिरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width