ट्रेड युनियन कांग्रेस प्रदेशमा कार्यशाला गोष्ठी

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७६
jVGq8iuVW8170205065416

पोखरा, २० वैशाख – नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश कमिटीले एक दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले देशभर आफ्ना सदस्यलाई जुझारु तथा असल संगठक बनाउन क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । आइएलओको सहयोगमा संचालन भएको एक दिवसीय गोष्ठीमा श्रम बजारलाई कसरी सुदृढ, व्यवस्थित, मर्यादित र जवाफदेही बनाउने बारे प्रशिक्षण दिइएको थियो ।

मजदुरका मुद्दा र कार्य योजना बारे आगामी भूमिकासँगै गणतन्त्रात्मक संरचना अन्तर्गत केन्द्रीय संघात्मक राज्य व्यवस्था, प्रादेशिक एवं स्थानीय सरकारको संवैधानिक व्यवस्थामा अगुवा मजदुरलाई प्रशिक्षण दिइएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले ट्रेड युनियन कांग्रेसले संरचनागत परिवर्तनलाई पूर्णता दिनुपर्ने बताए । प्रशिक्षक कार्कीले सबै तहमा प्रतिनिधित्व रहने गरी सुदृढ र सवल ट्रेड युनियनको निर्माण गर्ने लक्ष्य सुनाए ।

पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, तनहुँ, गोरखा, नवलपुर र कास्की जिल्लाका नेतृत्वलाई दिइएको प्रशिक्षणमा प्रदेशस्तरमा श्रम बजारलाई नियमन गर्ने, बन्ने कानुनमा आफ्नो भूमिका खोज्ने, श्रमिकका हक अधिकार एवं सामाजिक सुरक्षा लगायत विषयमा क्रियाशील बन्ने विषयमा नेतृत्वलाई प्रशिक्षण दिइएको नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश कोषाध्यक्ष घनश्याम रेग्मीले जानकारी दिए ।

गण्डकी प्रदेशका ८ जिल्लामा रहेका जिल्ला अध्यक्ष एवं प्रदेश नेतृत्वलाई समसामयिक श्रम बजार, श्रम कानुन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन एवं न्यूनतम ज्याला सम्बन्धी महासंघको अवधारणा एवं दृष्टिकोणलाई ध्यान दिन आग्रह गरिएको ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए ।

प्रदेशका ५० अगुवा नेतृत्वलाई प्रशिक्षण दिइएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष कमलबहादुर सापकोटाले जानकारी दिए । प्रदेश अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको गोष्ठीमा एनटियुसीका उपमहासचिव ईश्वर परियार, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, दुर्गादत्त शर्मा, महिला नेतृ सकुन्तला शर्मा, निर्माण सम्वद्ध श्रमिक संघका केन्द्रीय महासचिव प्रदीप आचार्य लगायतले बोलेका थिए ।

प्रादेशिक कार्यशाला गोष्ठीमा प्रदेश सचिव दीर्घनारायण शर्मा, एनटियुसी निवर्तमान अध्यक्ष कुलदेवी बराल, कारखाना श्रमिक संघका उपमहासचिव केशवराज भट्टराई, नवलपुर जिल्ला अध्यक्ष गंगाराम सुवेदी, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका प्रदेश उपाध्यक्ष केदार धमला, यातायात मजदुर संघ प्रदेशका अध्यक्ष किरणबाबु पन्त लगायतले जिज्ञासा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width