तेस्रो घाचोक माछापुच्छ्रे महोत्सव अवलोकन गर्दै दर्शक। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, १९ वैशाख। परिवर्तनका लागि युवा संजाल(युनेक) नेपालको आयोजनामा जारी तेस्रो घाचोक माछापुच्छ्रे महोत्सव अन्त्यतिर आउदाँ दर्शक सहभागिता बढ्दो छ।
विहीवारसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका सदस्यसचिव रेशम नेपालीले जानकारी दिए।
विहीवार कलाकार चोलेन्द्र पौडेल, पार्वती जिसी, घनश्याम रिजाल, नीर आले, लक्ष्मी नेपाली, कमला गौरे, सन्तोष सुवेदी, सन्तोष बस्याल, प्रिया गुरुङ, प्रमिला लम्साल, श्रीराम अधिकारी र ओम परियारले प्रस्तुति राखेका थिए।
त्यस्तै रत्यौली गीत प्रतियोगिताअन्र्तगत क्रियाशील आमा समूह र माछापुच्छ्रे आमा समूहको प्रस्तुति रहेको थियो।
महोत्सवको आकर्षण अन्तरक्लबस्तरीय पुरुष भलिवल प्रतियोगिता उपाधिका लागि आयोजकको रातो समूह र ल्वाङ्घलेल युवा क्लब भिड्ने भएका छन्। त्यस्तै सयपत्री युवा क्लब र गुरासे भुमे युवा क्लब तृतीय स्थानका लागि प्रतिष्पर्धा गर्दै छन्।
शुक्रवार यूनेक डान्सिङ आइडल (सिजन– २) को ग्राण्ड फिनाले पनि हुने संस्थाका अध्यक्ष मौसम कार्कीले जानकारी दिए। महोत्सव संयोजक टेकनशोभा गुरुङको अध्यक्षतामा सम्पन्न विहीवारको कार्यक्रम सदस्यसचिव नेपालीले संचालन गरेका थिए। महोत्सव वैशाख २१ सम्म चल्नेछ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
hero news full width
मुख्य समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८