लेखनाथका व्युटिसियन संगठित

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७६
butyshan 19_Fotor

लेखनाथ, १९ वैशाख । ‘आर्थिक समृद्धिका लागि सौन्दर्य, पेशा र सीप आजको आवश्यकता’ मूलनाराका साथ लेखनाथ नगर क्षेत्रभित्र ब्युटीपार्लर ब्यवसाय संचालन गर्दै आएका सौन्दर्यकर्मीहरु संगठित भएका छन् ।

पेशालाई अझ बढी प्रभावकारी र व्यावसायिक बनाउन सहयोग पुग्ने गरी विहीवार लेखनाथमा भएको भेलाले माया विश्वकर्माको अध्यक्षतामा ब्युटीपार्लर एशोसिएसन लेखनाथ इकाइ कमिटी गठन गरिएको हो ।

ब्युटीपार्लर एशोसिएसन पोखराकी संस्थापक अध्यक्ष चिनु गुरुङको विशेष उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा टीका पुन, सचिवमा सुस्मिता खड्का सुनार, सहसचिवमा शोभा पौडेल शर्मा, कोषाध्यक्षमा पवित्रा गौतम र सदस्यमा मीरा श्रेष्ठ, लक्ष्मी कुमाल, शील्पा परियार र स्नेहा परियार रहेका छन्। समिति सल्लाहकारमा रुपकला श्रेष्ठ, इन्दिरा रोक्का र प्रमिला जोशी चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width