जीप दुर्घटनामा सहचालकको मृत्यु

rss रासस
वैशाख १९, २०७६
jeep-accident

बझाङ, १९ वैशाख । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा विहीवार बिहान से १ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए ।

दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उनले बताए । जीप विवाहको सामान पु¥याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads