पोखरा १८ वैशाख। गण्डकी प्रदेशका प्रहरी प्रमुख दानसिं बोहरालो नेपालीले देशभित्र जहाँ भए पनि सुरक्षित साथ व्यवसाय गर्न सकिने बताएका छन्।
सुदूरपश्चिम सम्पर्क एवम् विकास समाज पोखराद्वारा आयोजित भित्तेपात्रो लोकार्पण कार्यएक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बोहराले उक्त कुरा बताएका हुन्।
सुदूरपश्चिमका वासिन्दाहरु पोखरामा आएर विभिन्न सम्मानित पेशा व्यवसाय गरी जिविकोपार्जन गरिरहेको देख्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नयाँ जोश जाँगरका साथ देशलाई अग्रगतिमा लानुपनेर्मा जोड दिए।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सुदूरपश्चिममा हालै स्वतन्त्रका जिल्ला शाखाहरु ग्ठन भएको स्मरण गर्दै सदाचार अवलम्बन गरेर नयाँ वर्ष मनाउनुपर्ने बताए।
गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्र बस्यालले सुगममा बस्नेहरुले दुर्गम ग्रामीण क्षेत्रको विकासका लागि सहयोग गर्नुपनेर्मा जोड दिए।
संस्थाका सल्लाहकार डा. अक्कलदेव मिश्रले कुसंस्कारहरु त्याग्दै आफ्नो गच्छे अनुसारको उद्योग व्यवसाय गर्नुपर्ने बताए।
अध्यक्षको आसनबाट विकास समाजका अध्यक्ष डा. नारायण सिं गुरुङले समाजका कार्यहरुलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै सबै सक्रिय भएर जुट्नुपर्ने बताए।
कार्यक्रमको सञ्चालन सचिव निरज पन्तले गरेका थिए।
क्यालेण्डरमा सुदूरपश्चिमका सम्पदा तथा संस्थाका गतिविधिका तस्वरी समावेश गरिएको छ।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७