पोखरा, १८ वैशाख। पोखराको हेमजामा केन्द्रीय कार्यालय रहेको एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले कोहलपुरमा शाखा प्रबन्धकस्तरीय दुईदिने त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ।
वित्तीय संस्थाका सहायक महाप्रबन्धक रामप्रसाद मिश्रले उद्घाटन गरेको कार्यक्रममा वनकटवा अनुगमन स्टेशन र साडेपानी अनुगमन स्टेशनअन्तर्गत २० वटा शाखाका २० जना शाखा प्रबन्धकहरु सहभागी थिए।
लघुवित्त वित्तीय संस्थाका सहायक महाप्रबन्धक रामप्रसाद मिश्र, संचालन एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख भुवनेश्वर फुलारा, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख अनुप भारी, कर्जा विभागका कर्जा अधिकृत सरस्वती सिलवाल र अनुगमन अधिकृतद्वय वसन्त पचभैया, मधु कँुवरले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।
शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमाससम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६/०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रबन्धकको भूमिका, भाखा नाघेको कर्जा व्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी व्यवस्थापन, ग्राहक सदस्यसँग गर्ने व्यावसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिइएको थियो।
संस्थाले हाल ५६ जिल्लामा एक सय वटा शाखा विस्तार गरी करिब एक लाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८