पोखरा, १८ वैशाख । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को पूर्व सन्ध्यामा अखिल नेपाल ट्रेड युनियन महासंघको पेशागत घटक संघ अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, फिस्टेल हस्पिटल इकाई समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ ।
सो रक्तदान कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सभासद् राजकाजी गुरुङ “करण”ले पहिलो रक्तदाता अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रूद्र गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा नेता करणले मजदुरहरूकै आन्दोलन र साथले समाजवादउन्मुख नयाँ संविधान निर्माण भएको भन्दै देशको तीव्र आर्थिक विकासमार्फत् समाजवादी लक्ष्य हासिल गर्न अघि बढ्नुपर्ने वर्तमान अभिभारा भएको बताए ।
कार्यक्रममा फिस्टेल हस्पिटलका निर्देशक डा. वसन्त ताम्राकारले रक्तदानले कुनै हानी नगर्ने बरु रगत अभावमा छटपटिरहेका बिरामीका लागि जीवनदान हुने बताउँदै रक्तदान कार्यक्रम गर्नु पवित्र कार्य भएको बताए ।
संघका इकाई अध्यक्ष नीता राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कविता गुरुङले गरेकी थिइन् । सो अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश सचिव भोजराज खत्री, कास्की जिल्ला अध्यक्ष नवीन अधिकारी, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, गण्डकी प्रदेशका अध्यक्ष टंक पौडेलको पनि उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१