चितवन, १८ वैशाख । कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल््यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उनका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले फार्मबाट सरदर रु छ मा बिक्री गर्न बाध्य भएका छन् ।
कँडेलले उत्पादन वृद्धि भएपछि बजार मल््य पाउन नसकिएको बताए । एक वर्ष अघिसम्म एक सातामा एक लाख ५० हजार लेयर्स चल्ला बिक्री हुँदै आएकामा पछिल्लो समय तीन लाख चल्ला बिक्री भइरहेका छन् । त्यससँगै गत महीना काठमाडौँ, हेटौँडा र कास्कीमा बर्डफ्लु देखिएपछि खपत कम हुँदा मल््यमा गिरावट आएको हो ।
हाल दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएका छन । गत वर्ष यो सङ्ख्या ३२ लाख रहेको थियो । सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले लागत मूल्य बढ्नु तर उत्पादन बढी भएका कारण र बर्डफ्लुका कारण खपत नहुँदा बजार अस्तव्यस्त भएको बताए । खपत बढाउनका लागि सङ्घ लागिरहेको भए पनि सार्थक हुन नसकेको उनको भनाइ छ ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार लेयर्स चल्ला बढी उत्पादन भएका कारण अण्डाको मूल्य कम भएको हो । नेपालको बजारमा सातामा एक लाख ५० हजार हाराहारी चल्ला बिक्री हुँदा बजार सन्तुलन हुने भए पनि हाल चल््ला बढेका कारण उत्पादन बढी भई खपत हुन नसकेको उनले बताए ।
यसको प्रभाव अन्य क्षेत्रमा पनि देखिएको उनले बताए । हाल लेयर्स चल््लाको लागत मूल्य रु १०० हुँदै गर्दा बिक्री मूल्य रु ५० मात्रै रहेको छ । त्यसैगरी ब्रोइलर चल्लाको लागत मूल्य रु ५५ भए पनि रु २५ मा बिक्री गर्न बाध्य भएको उनले बताए ।
नेपालमा लेयर्स ह्याचरी १४ वटा छन भने ब्रोइलर ह्याचरी २२१ पुगेका छन । हरेक साता २५ लाख हाराहारी ब्रोइलर चल्ला उत्पादन हुने गर्दछन । पोखरेलका अनुसार दाना उद्योगसमेत समस्यामा रहेका छन । गत वर्ष प्रतिकेजी रु २५ मा खरीद गरेको भटमासको मूल्य यस वर्ष रु ४५ पुगेको छ भने ढुटो रु २५ बाट रु ३५ पुगेको छ । कच्चा पदार्थको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ । ब्रोइलर कुखुराका लागि दाना रु ५६ देखि रु ६२ सम्म प्रतिकेजी पर्दछ भने लेयर्स कुखुराका लागि रु ५० देखि ५८ पर्ने गरेको उनले बताए ।
मासुका लागि पालिएका कुखुरा फार्मबाट रु १८० प्रतिकेजी उठ्ने गरेको छ । ब्रोइलर कुखुरापालक कृषकबाहेक अन्य किसान मारमा परेका छन । पोल्ट्री महासङ्घ नेपालका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले यस व्यवसायलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको बताए । ।काठमाडौँमा बर्डफ्लु देखिँदा उपभोक्तालाई भ्रम पर्ने गरी सरकारले सन्देश प्रवाह गरेका कारण उपभोग घटेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८