हवाई कारबाहीमा चार तालिबानी मारिए

रासस
वैशाख १८, २०७६
Wright-MOAB_01

हेरात, १८ बैशाख । अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन ।

प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताए ।

सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिनुभयो । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width