Worldlink ads

ओमद्वारा मानव सेवा आश्रमलाई टीभी

एजेन्सी
वैशाख १८, २०७६
om bank donation photo_Fotor

पोखरा, १६ वैशाख। पोखरामा प्रधानकार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले बुटवलस्थित मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग गरेको छ।

बुटवल शाखाको दोश्रो वार्षिकोत्सव अवसरमा यस क्षेत्रकै अग्रणी आश्रमलाई ५५ इञ्चको टेलिभिजन सहयोग गरेको हो।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई करीब एक लाख बराबरको टिभी हस्तान्तरण गरे। सो कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवालीको उपस्थिति थियो।

प्रमुख अतिथि संघका अध्यक्ष हमालले निजी क्षेत्रको बैंकले अनाथको सेवामा गरेको सहयोग सह्रानीय रहेको बताए।

बैंकले महेश सन्यास आश्रम देवघाटधाम, मनकामना मन्दिर जिर्णोद्धारका लागि पनि आर्थिक तथा भौतिक सहयोय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

    hero news full width