गण्डकी विकास बैंकको सहयोग

Avatar एजेन्सी
वैशाख १८, २०७६

पोखरा, १७ वैशाख। गण्डकी विकास बैंक लि. ले चितवनको भरतपुर–२६ ज्योतिनगरस्थित बाल शिक्षा केन्द्रका बालबालिकालाई एक सय थान कापी तथा एक सय थान लुगा धुने साबुन सहयोग गरेको छ।

कार्यक्रममा केन्द्र अध्यक्ष ईश्वरीराज अधिकारीले संस्थामा हाल ३५ जना विपन्न तथा असहाय समुदायका बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिँदै उक्त सहयोगको लागी चनौली शाखा तथा बैंक परिवारलाई धन्यवाद दिए।

सो सहयोग बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र चनौली शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद मैनालीले हस्तान्तरण गरेका थिए।

सव क्लष्टर प्रमुख शर्माले सहयोग हस्तान्तरण गर्दै उक्त सहयोगबाट बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने अपेक्षा राखेको बताए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मगर संघ छिनेडाँडामा ज्योतिराम थापा

दुर्घटनाका घाइतेलाई रेडक्रसको सहयोग

लियो वालिङ सिटीको सरसफाइ

प्रमुख समाचार

साग ह्याण्डबलमा पहिलो पटक नेपालको मेडल टच