कंगारु एजुकेशनको रक्तदान

एजेन्सी
वैशाख १८, २०७६
kangaroo_Fotor

पोखरा, १७ वैशाख। कंगारु एजुकेशन फाउण्डेशन १२ औँ वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा रक्तदान कार्यक्रम गरेको छ।

संस्थाका कर्मचारी, विद्यार्थी र शुभेच्छुकहरु सहित २० जनाले रक्तदान गरेको कंगारु एजुकेशन फाउण्डेशन संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए।

यस्तै, संस्थाले काठमाडौँ गहनापोखरी नक्सालस्थित हार्ट बीट संस्थाका ३० जना विद्यार्थीलाई स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण गरेको छ।

कंगारुको “भविष्य उज्जवल छ” अभियान अन्तर्गत यो शैक्षिक सामग्री वितरण गरिएको तिमल्सिनाले बताए।

कंगारुले अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूरोप, अमेरिका, क्यानाडा लगायत देशमा वैदशिक शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई उचित परामर्श दिदैँ आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width