g]kfn efiff Psf8]dLsf s’nklt ;+:s[ltljb 8f ;Todf]xg hf]zLnfO{ …ztfAbL k’?ifÚ ;Ddfg kl5 dGtJo lb+b} . tl:j/ M /Tg >]i7÷/f;;
ललितपुर, १७ वैशाख । संस्कृतविद् सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले जन्मशताब्दी मनाउन एक वर्षभर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
नेपाली कला, संस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते सय वर्ष पुग्दैछन् । त्यस दिन ललितपुर महानगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गरेर महानगरपालिकाभर सार्वजनिक विदा दिने भएको छ । २०७६ वैशाख ३० गतेदेखि २०७७ वैशाख ३० गतेसम्म महानगरले विभिन्न कार्यक्रम गर्ने बताएको छ ।
पाटनमा एउटा सामान्य परिवारमा जन्मिएका व्यक्तिले आफ्नै बलबुतामा मुलुकको गरिमालाई उच्च बनाउन निर्वाह गरेको अमूल्य योगदानको सम्मानस्वरुप जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको हो महानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन भएको छ । समितिमा राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सांसदहरु, काठमाडौं महानगरपालिकाका मेयरलगायत छिमेकी नगरपालिकाका मेयरलाई पनि समावेश गरिएको छ । ।
शताब्दी महोत्सवको पहिलो दिन वैशाख ३० गते (जन्मदिन) मा मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव ¥याली गरी बाजागाजासहित नगर परिक्रमा गराई, पुल्चोकमा विशेष कार्यक्रम गर्ने । साँझ दिपावली कार्यक्रम, एक सय बर्ष पुगेको व्यक्तिको सम्मान, स्थानीय सरकारको अधिकार प्रयोग गरी वैशाख ३० गते महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने छ ।
वर्षभर गरिने कार्यक्रमको खाकासमेत महानगरपालिकाले तय गरेको छ । नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीको बारेर्मा याली गर्ने, सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्ने लगायतका कार्यक्रम रहेको महानगरले जनाएको छ ।
यसका साथै जोशीलाई गोसाइकुण्ड दर्शन गराउने, दिनचर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने, जोशीको विशेष स्मारिका पुस्तक प्रकाशन गर्नेलगायतका कार्यक्रम महानगरले तय गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्रवीण स्मृति कार्यक्रममा श्रष्टा सम्मान
पर्यटन काव्ययात्राको ९ बुँदे घोषणापत्र
नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट
लक्ष्मण थापाले ल्याए ‘अक्षरहरुको मूर्च्छना’
प्रभा बरालको उपन्यास ‘फिलिंगो’ लोकार्पण
hero news full width
मुख्य समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७