विराटनगर, १७ वैशाख । राजधानी तोक्न निकै कठिन भइरहेको वेला प्रदेश नम्बर १ ले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।
यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।
संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवारदेखि बोलाइएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले बताए ।
पोखरा, २५ मंसिर । पोखरा–१३ कसेरी निवासी ३० वर्षीय निरज परियार बुधवार दिउसो मृत फेला गरेका छन् । पोखरा–२९ धर्मकाटाको सडकको बायाँ साईडको कुलोमा दिउसो १२.३० बजे परियार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको बताए । उनी २३ गते विवाहमा…
तपाइको विचार व्यक्त गर्नुहोस्