भीरबाट खसेर विदेशी नागरिकको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७६
ukraine6

पोखरा, १७ वैशाख । गोरखा जिल्लाको चुननुब्री गाउँपालिका–३ को भीरबाट खसेर मंगलवार एक रसियन नागरिकको मृत्यु भएको छ ।

सोही वडाको चुमभ्याली गई फर्कने क्रममा रसियन नागरिक पासपोर्ट नं ७१३४९९७६४ का ६८ बर्षीय Zaytsev Alexander काे भीरबाट खसेर मृत्यु भएको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकरी दिएको छ । उक्त व्यक्ति भीरबाट लडेर मृत्यु भएको खवर स्थानीयले दिएपछि उक्त स्थानमा प्रहरी गई अनुसन्धान सुरु गरेको छ । उनी रसियन साथीहरुसँग घुम्नका लागि त्यस स्थानमा पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width