होटलको कोठामा खड्का मृत फेला

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७६
google-ai-predict-death-artificial-intelligence

पोखरा, १७ वैशाख । पोखरा– १०रामघाट स्थित एक होटलको कोठाभित्र मंगलवार विहान ६२ बर्षीया मिना खड्का मृत अवस्थामा फेला परेकी छन् ।

स्याङ्जा वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का सोमवार राती उक्त होटलको एक कोठामा सुतेकी र मंगलवार विहान अवेरसम्म नउठेपछि होटल संचालकले कोठामा हेर्दा उनी खाटभन्दा तल भुईमा लडेर मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

भूइमा मृत अवस्थामा देखेपछि होटल संचालकले प्रहरीलाई खवर गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले घटनाको वारेमा अनुसन्धान भइरहेको वताए । ती महिला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा टिभि रोगको उपचार गर्न आएको वुझिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width