बागलुङ, १७ वैशाख । बागलुङ नगरपालिका–४ कुडुले फेदीमा सुरुङभित्रै निर्माण हुन लागेको शालीग्राम सङ्ग्रहालयको काम तीव्र गतिमा अघि बढेको छ । आगामी भदौ महीनाभित्रै सक्ने योजना बनाइएर कामलाई तीव्रता दिइएको हो । यो सङ्ग्रहालयको गत भदौमा शिलान्यास गरिएको थियो ।
सुरुङभित्रै कालीगण्डकी सभ्यता देखाउने भन्दै थालिएको काम तीव्र गतिमा अगाडि बढेको हो । करोडौँ खर्च लाग्ने अनुमान भए पनि ऋण र दानको भरमा निर्माणलाई निरन्तरता दिइएको सङ्ग्रहालय निर्माण अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए ।
यहाँभित्र १०० मिटर लामो सुरुङ खनिसकेपछि नदीको बहाव र शालीग्राम राख्ने संरचना निर्माण भइरहेको हो । यो संरचनाले हजारौँ धार्मिक पर्यटक आउने विश्वास पनि गरिएको छ ।
हाल यहाँको मुक्तिनाथ वेद विद्याश्रममा राखिएका सबै शालीग्राम सुरुङभित्र लगेर राख्ने योजना छ । सुरुङभित्र वर्षात लागेपछि पानी रसाउने भएकाले अघि नै काम गर्ने योजना बनाइएको हो । पानी परे पनि असर नगर्ने काम मात्र असारपछि गरिने उनले बताए ।
यो सुरुङमा पसेपछि नदी किनारका सबै दृश्य देख्न पाउने गरी डिजाइन भएको छ । त्रिशूल आकारको सुरुङ र भित्री काम सम्पन्न गर्दा छ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यहाँ एक लाख शालीग्राम व्यवस्थित रुपमा रहने सङ्ग्रहालय बन्नेछ ।
योजना पूरा भएमा मासिक एक लाख पर्यटक भित्र्याउन सकिने अनुमान छ । बागलुङ नगरपालिकाले यो अभियानमा साथ दिने वडाध्यक्ष धु्रवबहादुर केसीले बताए । “यो पूर्वाधार बनिसक्दा भारतीय पर्यटकको बढी आकर्षणको गन्तव्य हुने भएकाले हामी सहयोग गरेर सफल बनाउँछौँ”, केसीले भने “पर्यटनका लागि वडाले पनि योजना र लगानी गरिरहेको छ ।”
Related News
सम्बन्धित समाचार
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
बजेटमाथि बहुवर्षे योजनाको चाप : दायित्व पौने १६ अर्ब
गण्डकीको वर्ष ८० : प्रदेश तहमाथि प्रश्न थपिएको वर्ष
खगराज अधिकारी : पहिला १२ बाट ७ मा झारे, अहिले उनैले सत्तामा टिक्न मन्त्रालय फुटाए
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१